यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित फिल्म | Khabarhub Khabarhub

यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित फिल्म


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२३ कस्तो रहने भन्ने अनुमान अहिले धेरै नै भई रहेको छ । धेरैले धेरै किसिमको अनुमान गरेका छन् । कुन फिल्म कति सफल हुने हो भन्ने तय हुनका लागि त केही समय अझ पर्खनु नै पर्ने हुन्छ । तथापि केही फिल्मको चर्चा अहिले सुरु भई सकेको छ ।

यसरी चर्चा भएका चलचित्र मध्य एलिजाबेथ बैङ्कको कोकिन बियर एउटा हो । एउटा भालुको निधनलाई दुखान्त ढङ्गले देखाइएको यस फिल्ममा धेरै जसो समय हाँसेर कटाउन सकिन्छ । फिल्ममा पाब्लो इस्कोबार कालको तस्करीलाई पनि देखाइएको छ ।

फिल्ममा केरी रसेल, ओसीका ज्याक्सन र अल्डेन इनरिचको भूमिका छ । यी सबैको अभिनयलाई समीक्षकले समेत अत्यन्त मन पराएका छन् । यो फिल्म २४ फेब्रुअरीका दिन रिलिज हुँदै छ ।

जुरासिक पार्क या जुरासिक युगको चर्चा फिल्ममा अझै छ । त्यस समयको लीगेसीको चर्चा हुनु स्वाभाविक हो । फिल्म ६५ ले यस क्रममा थुप्रै डाइनासोरलाई देखाएका छ । स्पेस सीपका पाइलटको रूपमा अभिनय गरेका कमान्डर मिल्सको अभिनयको सेरोफेरोमा यो फिल्म रहेको छ । त्यस यानमा अर्की युवतीले पनि यात्रा गरेकी हुन्छिन् ।

६५ मिलियन वर्ष अगाडिको पृथ्वीको कल्पना पनि त्यस फिल्ममा गरिएको छ । स्कट ब्रक र ब्रायन उड्सले लेखेको यस फिल्ममा जीवन रक्षाका लागि मानिस र अन्य जनावर बिच परम्परा देखि भएको सङ्घर्षलाई देखाइएको छ । ९ मार्चका दिन यो फिल्म रिलिज हुँदै छ ।

जोन वीकको च्याप्टर फोरको प्रभाव कस्तो रहने भन्ने धेरैको चासो रहन सक्छ । फिल्मका नायकले देखको आपराधिक संसारका विषय यस फिल्ममा प्रस्तुत गरिएको छ । उच्च पदस्थ व्यक्ति देखि सामान्य व्यक्तिसम्ममा कस्तो किसिमको आपराधिक सोचको विकास भएको छ भन्ने कुरा फिल्ममा देखाइएको छ ।

छिटो गतिमा नगाडी बढेको यस चलचित्रमा कुकरको पनि भूमिका रहेको छ । यो फिल्म २४ मार्चमा रिलिज हुँदै छ । एक शरणार्थी कुनै घरमा नोकरी गर्न जाँदा उनको त्यस घर र परिवार प्रतिको निष्ठालाई देखाइएको चलचित्र ब्राम स्ट्रोकर ड्राकुलाको रेनफिल्ड वर्ष २०२३ को अर्को राम्रो फिल्मको रूपमा हेरिएको छ । समीक्षकहरूले समेत अत्यन्त मन पराएको यो फिल्म व्यावसायिक रूपले पनि धेरै नै सफल हुने अनुमान गरिएको छ । क्रिस मेकेको हरर फिल्मबाट पनि यो प्रभावित भएको देखाइएको छ ।

निकालोस हन्टको मुख्य भूमिका रहेको यस फिल्मबाट उनले आफूलाई कमेडी भूमिकामा पनि न्याय गर्न सक्ने अभिनेताको रूपमा स्थापित गरेका छन् । यो फिल्म १४ अप्रिलमा रिलिज हुँदै छ ।

आधा मानिस र आधा माछाको परिकल्पना गरिएको एनिमेसन फिल्म लिटल मरमेड अर्को हेर्न लायक चलचित्र हो । हाले बेली र मेलिसा म्याकर्थीको यस फिल्ममा मुख्य भूमिका छ । चालोक एक्स हेलको भूमिका रहेको यसमा उनको बाबुको रूपमा जेभियर बर्डम्यानले अभिनय गरेका छन् ।

समुद्र भित्र गाइ रहने सेबास्टिनको स्थानमा डेभिड डिग्सले अभिनय गरेका छन् । फिल्ममा एलन मेनकेन र दिवंगत हवार्ड आस्मानको गीतको साथमा थप चार गीत पनि छन् । ती चार गीत मेन्केन र लिन मानुएल मिरान्डाले लेखेका हुन् ।

यस अगाडि उड र मेरी पपकीन्स रिटर्नको निर्देशन गरी सकेका रव मार्सल यस्ता काल्पनिक फिल्ममा अभ्यस्त मानिन्छन् । तीनै मार्सले यस फिल्मको पनि निर्देशन गरेका छन् । यो फिल्म २६ मेमा रिलिज हुँदै छ ।

सन् २०१८ मै एनीमेसल स्टाइलको फिल्मलाई नयाँ उचाइमा लैजाने क्रममा स्पाइडर म्यानको भूमिका रहेको थियो । यसले धेरै स्पाइडर व्यक्तिलाई पनि प्रस्तुत गरेको थियो । यस बिचमा नयाँ स्पाइडर म्यानको रूपमा माइल्स मोरालेस पिटर पाकरस्पाइड महिला ग्वेन स्टेकीलाई प्रस्तुत गरेको थियो । यसैको एउटा स्वरूप २ जुनमा रिलिज हुने फिल्ममा देखाइएको छ ।

वेस एन्डरसनको पछिल्लो कदमले सन् १९५५ को अमेरिकी मरुभुमिका सहरको स्मरण गराउने छ । त्यसै समयमा अन्तरिक्षको बारेमा भएको एउटा बहसमा एउटै घरका बाबु छोरा संलग्न भएका थिए । यी नै विषयमा समाहित भएका थिए ।

त्यहीँ एउटा नयाँ ग्रहको परि कल्पना गरिएको थियो । यसै अन्तरिक्ष विज्ञानको सेरोफेरोमा बनाइएको फिल्म एसटेरियोड सिटी यस वर्ष सफल हुने अपेक्षा गरिएको छ । यस अघि एन्डरसनका दुई फिल्म ग्रान्ड बुढापेस्ट होटेल तथा फ्रेन्च डिस्प्याच सफल र उत्कृष्ट काल्पनिक फिल्म थिए । ती फिल्मबाट नै उनको काल्पनिक क्षमताको चर्चा भएको हो ।

फिल्ममा स्कारलेट जोन्सनको भूमिका सनसनीपूर्ण मानिएको छ । साथै टम हान्क, टिल्डा स्वीन्टन, ज्यासन स्क्वार्जमान, स्टेभ गारेल, मोर्गाट रोकी रि लिवियन डिफोको अभिनय छ । फिल्म १६ जुनमा रिलिज हुँदै छ ।

परम्परागत र आध्यात्मिक मान्यता अनुसार मानिसको संसारका पञ्च तत्त्वको मिश्रण मात्र हुन सक्छ । यसै पञ्च तत्त्व मध्येको पृथ्वी, पानी, हावा र आगोको प्रभाव फिल्ममा देखाइएको छ । यसै फिल्म इलमेन्टलाई नयाँ प्रयोग पनि मानिएको छ ।

चार भिन्न प्रभाव रहेको व्यक्तिको परिकल्पना गरिएको छ । पानीको प्रभाव रहेका पुरुष आगोको प्रभाव रहेकी महिलाबाट प्रभावित हुन पुग्छन् । निर्देशक पिटर सोनले रोमाञ्चक वातावरणको सृजना गर्दै सन्तानको वातावरण तयार गरेका छन् । फिल्म १६ जुनमा रिलिज हुँदै छ ।

इन्डियना जोन्स एन्ड डाइल अफ डेस्टीनी यस वर्ष हेर्न लायक अर्को फिल्म हुन सक्ने छ । यो एक एक्सन एडभन्चर फिल्म हो । फिल्ममा ह्यारिसन फोर्डले पुरातात्त्विक इन्डियाना जोन्सको रूपमा इन्डियाना जोन्स फिल्म शृङ्खलालाई पछ्याएका हुन् ।

यसमा किङडम अफ द क्रिस्टल स्कुललाई पछ्याइएको हो । फिल्मको निर्देशन जेम्स म्यानगुल्डले गरेका छन् । फिल्ममा जोन रायस डेभिस सलाहको रूपमा देखिँदै फेरि फिल्मी दुनियाँमा फिर्ता भएका छन् ।

शृङ्खलाको विगत भन्दा केही फरक पनि देखिएका छन् । म्याकगोल्डले आफूलाई उत्कृष्ट निर्देशक पुष्टि गर्न कुनै कसर बाँकी राखेका छैनन् । परम्पराबाट बाहिर आउँदै उनले नाजी खलनायकको रूपमा म्याड मिकेल्सनलाई प्रस्तुत गरेका छन् ।

एन्टेनियो बान्डर्सले आफूले पाएको भूमिकामा न्याय गरेका छन् । इन्डीको छोरीको रूपमा यस शृङ्खलामा प्रवेश गरेकी फुबी वाल्कर ब्राइजको अभिनय त अझ बेजोड मानिएको छ । ३० जुजका दिन यो फिल्म रिलिज हुँदै छ ।

सन् २०२२मा सफल र ठुलो लगानीको फिल्म बनाइ सके पछि टम क्रुजका लागि सन् २०२३ फेरी अर्को सफल र ठुलो फिल्मका लागि उत्साहित भएका छन् ।

कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सिक्वेल मिसन इम्पोसीबल सेभेन यस वर्ष दर्शक माझ आउने भएको छ । पहिले देखि नै रहेका सिक्वेलका कलाकार भिङ रेम्स, सिमोन पेग र रेबुका फर्गुसन यस फिल्ममा अझै रहन सक्छन् । पुरानै निर्देशक क्रिस्टोफर म्याककुरेले नै यहाँ पनि निरन्तरता दिएका छन् ।

फिल्म युनिटले यसको मुख्य प्लटलाई गोप्य नै राखेको छ । यस पटक नयाँ प्रयोगको रूपमा चट्टान माथि मोटरसाइकल कुदाउने काम हुने छ । यसको अर्को शृङ्खला सन् २०२४ मा आउने निश्चित भई सकेको छ । यस वर्ष भने फिल्मको रिलिज १४ जुलाईमा हुने छ ।

अबको १२ महिना फिल्मको बजार कस्तो रहने अनिश्चित नै छ । बजारको कुरा अहिलेका लागि अनुमानका विषय मात्र हुन् । तर समीक्षकले अहिले नै फरक र हेर्न लायक भनेका यी चलचित्र पक्कै राम्रो हुने छन् ।

 (श्रोत : बीबीसी, फिल्म वर्ल्ड)

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : २९ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक