मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए सपथ « Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए सपथ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार शपथ लिएका छन् ।

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन । मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन । तत्कालका लागि तीनै जना बिना विभागीयको रहेका छन । मुख्यमन्त्री यादवका अनुसार उनीहरूलाई पछि जिम्मेवारी तोकिने छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १ : ५९ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति