सन्दीप लामिछाने थुनामुक्त « Khabarhub

सन्दीप लामिछाने थुनामुक्त


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् ।

लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । 

पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  २ : ४५ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष