नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध « Khabarhub

नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।

उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ मा ताला लगाएको छ । ‘अनुगमनमा अवैध पाइएकाले प्रक्रिया पूरा नभएसम्म ताला लगाइएको छ’, प्रजिअ रिसालले भने, ‘उद्योग सञ्चालनका लागी तोकिएका मापदण्डको प्रशस्त उल्लङ्घन भएको पाइएपछि सिधै सिल गरिएको हो । कानुनी आधार पूरा गरेर सम्पर्कमा आउन पत्र दिइएको छ ।’

अनुगमनका क्रममा यसअघि निर्बाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ । अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चारवटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिए ।

‘दर्ता भएका उद्योगको कानुनी सञ्चालनको मापदण्ड अनुगमनमा जाँदा दर्ता नै नभएका उद्योगहरू समेत सञ्चालनमा देखियो’, उनले भने,’दर्ता गरिएको छैन, निर्माण सामग्री अवैध रुपमा भित्र्याइएको छ । राजस्व छली गरेर राज्यलाई लाखौँ नोक्सान बनाउने दर्ता नभएका उद्योगको उपकरण जफतको तयारी गरेका छौँ ।’

नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिकासहित जिल्लाको लिखु, तारकेश्वर, तादी, ककनी लगायतका गाउँपालिकाको नदी र खोला तथा खानीलाई लक्षित गरेर क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा थियो । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : ३६ बजे

रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह

काठमाडौँ – पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ