प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत | Khabarhub Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० : प्रदेश १ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । मधेस प्रदेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११ दशमलव ४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । 

प्रदेश १ को जितमा काजल श्रेष्ठ र रुविना क्षेत्रीको ओपनिंग जोडीले जितको बलियो आधार तयार पारेका थिए ।  काजलले ४२ बलमा ४ चौकाको मद्दतले २४ रन बनाउँदा रुविनाले २७ बलमा २ चौकाको मद्दतले २१ रनको नकआउट पारि खेलिन् । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेस प्रदेशले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ४९ रन बनायो । मधेसलाई समेट्न प्लेयर अफ द म्याच सबनम राईले ४ विकेट लिइन् ।  रुविना  क्षेत्री र निशा शाहले दुई दुई विकेट लिँदा ज्योति दनुवार र एलिसा खडियाले एक एक विकेट लिइन् । मधेसका लागि सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने ५ खेलाडीले डग आउट भए ।

आजै भएको दोस्रो खेलमा युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेलिन । यस्तै ऋतु कनोजिया २१ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् । 

कप्तान विन्दु रावल र सम्झना खड्काले १०-१० रन बनाए । रुबी पोद्दार ८, शोभा रोकाया २ र कविता जोशीले ७ रन बनाए । बागमतीकी अश्मिना कर्माचार्यले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइनयशु पाण्डे, खुसी डंगेला र मनीषा उपाध्याये एक एक विकेट लिए । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९४ रन बनायो । बागमती कन्चन श्रेष्ठ २१ बलमा १ चौका सहित सर्वाधिक १६ रन बनाए । 

ओपनर अस्मिता खरेल ३, सोनी पाख्रिन १५, हेलिसा गुरुङ ९, अश्मिना कर्माचार्य १३ र खुसी डङ्गोलले १४ रन बनाए । सुदूरका ऋतु कनोजियाले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनीषा उपाध्याये ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । 

भोलिको पहिलो खेल नेपाल सशस्त्र प्रहरी बल र गण्डकी प्रदेश बिच हुने छ भने दोस्रो खेल कर्णाली र लुम्बिनी प्रदेश भिड्ने छन् । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ३९ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त