सडकको अवस्था बुझन सडक डिभिजनको टोली उपल्लो डोल्पामा « Khabarhub

सडकको अवस्था बुझन सडक डिभिजनको टोली उपल्लो डोल्पामा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ । यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा डोल्पा पुगेको हो । ११८ किलोमिटर जाजरकोटबाट दुनैसम्म सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर  सडक रहेको छ ।

मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै-ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट-ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।

यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा  सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।  यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै-ल्यासीक्याप सडकखण्ड  काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।   

अहिले जाजरकोटको भेरी नगरपालिका-४ पासागाडबाट नलगाड नगरपालिका-१२ को तल्लुसम्म सडक स्तरोन्नतिको लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ  । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट  चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ । 

जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । 

चौरजहारीबाट दुनैसम्म कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगति हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधीन सडकको समेत अनुगमन गरिएको छ । सर्वाधिक समस्याको रूपमा रहेको दुनैदेखि लासिक्याप सम्मको सडक निर्माणमा समस्या हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुनेगर्छ ।  

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५९ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु