महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ – भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र अन्य केही घाइते भएको नासिकस्थित प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

प्रहरीले ‘घाइतेलाई तत्काल अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताएको छ । मृत्यु भएकामध्ये सात महिला, दुई बालबालिका र एक पुरुष रहेको अधिकारीहरूले जनाएका छन् ।

उक्त बस ठाने जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको मन्दिरहरूको शहर भनिने शिर्डीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ३५ बजे

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल