भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर | Khabarhub Khabarhub

भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकार र एसियाली विकास बैंक एडीबीबीच १ अर्ब २२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षार भएको छ ।

भारतको आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मुलुकका विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि उक्त रकम बराबरको ऋण सम्झौता भएको हो ।

भारतका विभिन्न राज्यमा ऊर्जा, सडक सञ्जाल, रेलमार्गजस्ता पूर्वाधारको निर्माणका लागि ऋण लिन लागिएको भारतीय वित्त मन्त्रालयले जनाएको छ ।

ऋणबाट प्राप्त रकम पूर्वोत्तर राज्यहरु असम र त्रिपुरामा राजमार्ग र ऊर्जासम्बन्धी परियोजना निर्माण, दक्षिणी सहर चेन्नईमा मेट्रो रेल र पश्चिमी राज्य महाराष्ट्रका महत्वपूर्ण आर्थिक क्षेत्रको विकासमा लगानी गरिने वित्त मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : २७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग