भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकार र एसियाली विकास बैंक एडीबीबीच १ अर्ब २२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षार भएको छ ।

भारतको आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मुलुकका विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि उक्त रकम बराबरको ऋण सम्झौता भएको हो ।

भारतका विभिन्न राज्यमा ऊर्जा, सडक सञ्जाल, रेलमार्गजस्ता पूर्वाधारको निर्माणका लागि ऋण लिन लागिएको भारतीय वित्त मन्त्रालयले जनाएको छ ।

ऋणबाट प्राप्त रकम पूर्वोत्तर राज्यहरु असम र त्रिपुरामा राजमार्ग र ऊर्जासम्बन्धी परियोजना निर्माण, दक्षिणी सहर चेन्नईमा मेट्रो रेल र पश्चिमी राज्य महाराष्ट्रका महत्वपूर्ण आर्थिक क्षेत्रको विकासमा लगानी गरिने वित्त मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : २७ बजे

एआईमा सहकार्य बढाउन सीको आग्रह

सेन्जेन– चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र

मुक्कुमलुङ केबलकार निर्माण विवाद फेरि सतहमा, खारेजी माग्दै माइती घरमा स्थानीय

काठमाडौं– ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथीभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने

राजनीतिक चुनौती सामना गर्न तयार रहन पद्मा अर्यालको आग्रह

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने

संघर्षको मैदानबाट लडेर आएका हौँ, एमाले फेरि सरकारमा जान्छ : ओली

काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुक स्वेच्छाचारी शासनको