तस्वीर- एपी

अन्तर्राष्ट्रिय

ताइवानी हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण दोब्बरले बढ्यो

By खबरहब

January 13, 2023

काठमाडौँ– ताइवानी हवाई रक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण सन् २०२२ मा झण्डै दोब्बरले बढेको पाइएको छ । चीनले ताइवानविरुद्ध सैनिक आक्रमणको धम्की र उत्तेजनालाई तीव्र बनाइरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

यो वर्ष चीनबाट ताइवानी हवाई रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा १ हजार ७ सय २७ वटा लडाकु विमानले अतिक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

यसअघि सन् २०२१ मा ९ सय ६० र सन् २०२० मा केबल ३८० वटा चिनियाँ लडाकु विमानले ताइवानी हवाई रक्षा क्षेत्रको अतिक्रमण गरेका थिए ।

यस वर्षको अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवानको आसपास विसाल सैनिक अभ्यास गरेको थियो ।

चीनले ताइवानको हवाई रक्षा क्षमता जाँच्न लडाकु विमान त्यसतर्फ पठाउने गरेको सुरक्षाविदहरु बताउँछन् ।