ढुक्कसित काम गर्नका लागि विश्वासको मत : उपसभापति गुरुङ « Khabarhub

ढुक्कसित काम गर्नका लागि विश्वासको मत : उपसभापति गुरुङ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताएका छन् ।

आँधीखोला सञ्चार सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा आज वालिङमा उनले राष्ट्रिय समस्याको समाधानका लागि वर्तमान सरकारलाई ढुक्क भएर काम कांग्रेसले विश्वासको मत दिएको बताए ।

“देशमा देखिएको आर्थिक मन्दीलाई रोक्नुपर्छ, राष्ट्रिय समस्याका विषयमा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताका विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ”, उनले भने, “अब सरकार झिना मसिना विषयमा अल्झिएर बस्न हुँदैन, अनेकन विकल्पको खोजी गरी कार्यान्वयन छिटोभन्दा छिटो गर्नुपर्छ ।”

नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा प्रतिपक्ष नै छैन भन्नु गलत बुझाइ रहेको उनले बताए। कांग्रेस राष्ट्रिय समस्याका विषयमा सबै दलले साझा अवधारणा बनाएर समाधान खोज्नुपर्छ भन्नेमा प्रष्ट रहेको दाबी गरे । “नेताले जनताको केही काम गर्लान् भन्ने आशा र अपेक्षासहित मत दिएर विजयी बनाएका हुन्”, उनले भने, “नेताले नैतिकतामा ख्याल गर्नुप¥यो, आर्थिक सुशासन कायम गराउनतर्फ लाग्नुपर्छ नत्र जनताले फेरि पनि दुःख र धोका मात्रै पाउँछन् ।”

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको