ढुक्कसित काम गर्नका लागि विश्वासको मत : उपसभापति गुरुङ | Khabarhub Khabarhub

ढुक्कसित काम गर्नका लागि विश्वासको मत : उपसभापति गुरुङ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताएका छन् ।

आँधीखोला सञ्चार सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा आज वालिङमा उनले राष्ट्रिय समस्याको समाधानका लागि वर्तमान सरकारलाई ढुक्क भएर काम कांग्रेसले विश्वासको मत दिएको बताए ।

“देशमा देखिएको आर्थिक मन्दीलाई रोक्नुपर्छ, राष्ट्रिय समस्याका विषयमा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताका विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ”, उनले भने, “अब सरकार झिना मसिना विषयमा अल्झिएर बस्न हुँदैन, अनेकन विकल्पको खोजी गरी कार्यान्वयन छिटोभन्दा छिटो गर्नुपर्छ ।”

नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा प्रतिपक्ष नै छैन भन्नु गलत बुझाइ रहेको उनले बताए। कांग्रेस राष्ट्रिय समस्याका विषयमा सबै दलले साझा अवधारणा बनाएर समाधान खोज्नुपर्छ भन्नेमा प्रष्ट रहेको दाबी गरे । “नेताले जनताको केही काम गर्लान् भन्ने आशा र अपेक्षासहित मत दिएर विजयी बनाएका हुन्”, उनले भने, “नेताले नैतिकतामा ख्याल गर्नुप¥यो, आर्थिक सुशासन कायम गराउनतर्फ लाग्नुपर्छ नत्र जनताले फेरि पनि दुःख र धोका मात्रै पाउँछन् ।”

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ५४ बजे

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी–  असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न

आफ्ना आदर्श नेयमारसँग ब्राजिलमा रमाउँदै लामिन यामाल

बार्सिलोना- बार्सिलोनाका किशोर स्टार लामिन यामालले अन्ततः आफ्ना बाल्यकालका ‘आदर्श’

पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा – पोखरा रंगशालामा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस २०२५ मनाइएको

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर