बिना परामर्श औषधि सेवन गर्दा कलेजोमा समस्या « Khabarhub

बिना परामर्श औषधि सेवन गर्दा कलेजोमा समस्या

‘सिरोसिस कलेजोको दीर्घकालीन रोग हो’



मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन्। मुटु र मस्तिष्क जत्तिकै महत्वपूर्ण अंग हो कलेजो। कलेजोले पित्त बनाउने काम गर्छ र यो पाचनप्रणालीको महत्त्वपूर्ण अंग हो। कलेजोले विष हरण गर्ने काम गर्छ। यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ। रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ। जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ। कलेजोको अधिकांश भाग माथिल्लो पेटको दायाँ भागमा पर्छ। रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छ। लामो समय अधिक रक्सी सेवन (१० वर्षभन्दा धेरै) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ। यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोले काम गर्न सक्दैन। यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा लिभर सिरोसिस भनिन्छ। यसै विषयमा आधारित भएर डा. अनन्त श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

सिरोसिस भन्ने कस्तो समस्या हो ?
सिरोसिस भनेको दीर्घकालीन कलेजोको रोग हो। सामान्य मान्छेको कलेजो नरम हुन्छ र काम पनि राम्रोसँग गर्दछ। तर कुनै कारणवश कलेजो विस्तारै बिग्रदै गएर पछि कलेजोमा धेरै खत हुन्छन्। कलेजोको आकारमा पनि परिवर्तन हुन्छ। साथै कलेजोले विस्तारै काम गर्न छोड्छ, त्यही नै सिरोसिस हो।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिने हो ?
कलेजो विस्तारै ड्यामेज हुँदै गयो भने धेरै समस्या हुन्छ। सिरोसिस दैनिक रूपमा मदिरा सेवन गर्ने मान्छेमा हुन्छ र हेपाटाइटिस बी र सी ले पनि मान्छेमा कलेजोको ड्यामेज गराउँछ। कलेजोमा बोसो जम्ने समस्या पनि हुन्छ। बोसो जम्ने भनेको जो व्यक्तिले मदिरा सेवन गर्छ त्यसमा र मदिरा सेवन नगर्ने तर अन्य रोग जस्तोः मधुमेह, मोटोपन, उच्च रक्तचाप, कोलेस्ट्रोल धेरै भएको मान्छेमा समस्या हुनसक्छ।

सिरोसिस हुँदा कस्ताकस्ता लक्षण देखापर्छन् ?
सिरोसिस विस्तारै हुने रोग हो। त्यसैले यसको संकेत पनि विस्तारै देखिँदै जान्छ। जबसम्म कलेजोमा ८० प्रतिशत जति ड्यामेज हुँदैन, तबसम्म कुनै सङ्केत नै देखिँदैन। पहिलो संकेत भनेको धेरै थकाई लाग्ने, पिँडुला फर्किने हुन्छ। कुनै जाँच गर्दा रोग नदेखिए पनि यो दुई संकेत देखिन्छ। त्यसपछि विस्तारै आँखा पहेँला हुँदै जाने, जन्डिस हुँदै जाने हुन्छ। बेहोस हुने, बेहोसिको कुरा गर्ने, कालो दिसा आउने र कसैमा रगत उल्टी हुने पनि हुन्छ।

यस्तो समस्या कुन उमेर समूहमा धेरै देखिएको छ ?
यो लामो समयपछि हुने रोग भएको कारणले ५० वर्ष भन्दा माथि हुन्छ। तर आजभोलि बाल्यकालदेखि नै रक्सी सेवन गर्ने गरेकोले त्यस्तामा र सानोमा हेपाटाइटिस भएको कारणले २० वर्ष तिर पनि भएको पाएका छौँ।

सानैदेखि जन्डिस हुने हात फर्किने समस्या भयो भने सिरोसिसले नै भएको हो ?
त्यसको लागि जाँच गरेर थाहा हुन्छ। सानैदेखि जन्डिस हुने भयो भने सिरोसिस नै भएको हो भन्ने हुँदैन। त्यसैले फुल डाइग्नोसिस् गर्नु पर्दछ।

यो सिरोसिसको उपचार कसरी गरिन्छ ?
सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन। त्यसको समयमा पहिचान भएर डाइग्नोसिस गर्न सकियो भने सुरुवाती अवस्थामा नै त्यो सिरोसिसलाई हामीले त्यही रोक्न सक्छौँ। सिरोसिसले गर्दा जटिलता नै आयो यदि पेटमा पानी जमेको छ, भित्र नशा छातीमा फुलेर रगत उल्टी हुने भइसकेको छ, होस हराउने समस्या भएको छ भने हामीले उपचार गर्छौँ। उपचार गरेर पनि कलेजोले काम गरेन भने लास्टमा गएर कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

कलेजोमा समस्या आयो भने कस्तो खाना खाने कस्तो नखाने ?
कलेजोमा रोग लाग्न नदिनु राम्रो हो। रोग लागेपछि खाने खानामा फरक छ। कलेजोको रोग नलागोस् भनेर सबै भन्दा पहिला रक्सी नखाने, मोटोपन घटाउने, धेरै गुलियो नखाने, दैनिक सेतो भात नखाने, धेरै चिल्लो आलुको परिकार कम खाने, च्याँख्ला खाने गहुँको खाना खाने, दैनिक रूपमा ४५ मिनेट ठूलो व्यायाम नभई हिँड्दा पनि कलेजोमा बोसो जम्ने समस्यालाई रोक्छ। एक पटक सिरोसिस भएर पानी आउने भयो भने खाना भण्डारण गर्ने शक्ति हुँदैन। त्यसैले क्यालोरीको मात्रा र पोषणतत्व धेरै खाने, समयमा धेरै समयको अन्तराल नराखी छिटोछिटो खाने।

पहिला नै कलेजोमा केही समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
मदिरा सेवनलाई बन्द गर्नु पर्दछ। खानपान र व्यायाममा ध्यान दिने, हेपाटाईटिस ‘बी’ रोग लाग्न नदिने, हेपाटाइटिस ‘सी’ लाग्दैन। प्रायःजस्तो लागु औषध लिनेमा र धेरै ट्याटु लगाउने व्यक्तिमा यो लाग्छ। धेरै रगत चढाई राख्नु पर्ने व्यक्तिको हेपाटाइटिस ‘सी’ समय समयमा चेक गर्नु पर्दछ। डाक्टरको परामर्श बिना अनावश्यक औषधि नखाने, आयुर्वेदिकको सेवनलाई पनि रोक्न सकियो भने यो सिरोसिस हुनबाट बच्न सक्छौँ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४३ बजे

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य