नेपाल-भारत सचिव स्तरीय बैठक काठमाडौँमा सुरु « Khabarhub

नेपाल-भारत सचिव स्तरीय बैठक काठमाडौँमा सुरु


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटेलमा पुगेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ ।

बैठकमा सीमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको विषयमा कुराकानी गर्नेछन्। त्यसपछि परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन्।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेलसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री राईसँग आजै द्विपक्षीय भेटघाट गर्नेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्वावत्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने भोलि भेटघाट गर्नेछन् । भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : १६ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल