नेपाल-भारत सचिव स्तरीय बैठक काठमाडौँमा सुरु « Khabarhub

नेपाल-भारत सचिव स्तरीय बैठक काठमाडौँमा सुरु


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटेलमा पुगेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ ।

बैठकमा सीमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको विषयमा कुराकानी गर्नेछन्। त्यसपछि परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन्।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेलसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री राईसँग आजै द्विपक्षीय भेटघाट गर्नेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्वावत्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने भोलि भेटघाट गर्नेछन् । भोलि नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : १६ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा