गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री  | Khabarhub Khabarhub

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री 


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपपश्चिम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए।

उनले भने, ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ ।’ पहिलो पटक प्रधानमन्त्री हुँदा पनि सुदूरपश्चिममा केही काम गर्ने र सबैभन्दा धेरै सुदूरपश्चिममा नै आएर आयोजनाको अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने ,’यस पटक पनि प्रदेशस्तरमा विकास आयोजनाको अनुगमन गर्ने काम सुदूरपश्चिमबाटै भएको छ देशकै निम्ति गौरवको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्दैछ ।’

सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि कुर्नै पर्दैन भने । अवलोकनका क्रममा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधीन रहेको कार्यकारी निर्देशक पुजाराले बताए ।

 कलेज निर्माणमा हालसम्मको लागत रु पाँच अर्ब ४५ करोड रहेको छ । विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाका लागि संरचना निर्माण सुरु भएको थियो । गेटा मेडिकल कलेज छ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेज सञ्चालनसँगै स्वास्थ्य शिक्षाका उच्चस्तरको जनशक्ति उत्पादन हुने र स्वास्थ्योपचारको सेवा प्राप्त हुनेछ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १ : ३३ बजे

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका