जनयुद्ध दिवसबारे महामन्त्रीद्वयलाई मिनेन्द्रको प्रश्न-पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ? « Khabarhub

जनयुद्ध दिवसबारे महामन्त्रीद्वयलाई मिनेन्द्रको प्रश्न-पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनमा मनाउने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसअनुसार सोमबार सार्वजनिक बिदा दिइएको छ । 

तर, यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक नभएकोप्रति नेता रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको धारणा राष्ट्रपतिको निर्वाचनपछि आउने हो ? भन्दै व्यंग्यसहित प्रश्न गरेका छन् ।

‘सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । 

आफ्नो आधिकारिक फेसबुक पेजमा नेता रिजाल लेख्छन् :

एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि रु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।

सम्झनाका लागिः

नेपाली कांग्रेसको सभापति श्री गिरिजा प्रसाद कोइराला रहनुहुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्द्वको सट्टा अहिलेझैँ शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसद्‌मा मैले संशोधन पेस गरेको थिएँ । माओवादी, एमाले अहिलेको एकीकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनी संसद्‌मा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ४२ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा