महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु « Khabarhub

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो ।

नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

आजदेखि सुरु भएको लिङ्ग पुराण शङ्कराचार्य मठका स्वामीद्वय डा. रमणानन्द गिरी र डा केशवानन्द गिरीले वाचन गरिरहनुभएको छ । लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । 

यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउने कार्यक्रम रहेको छ । 

महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ०२ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई