सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गालाई « Khabarhub

सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गालाई


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – २८औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुषतर्फ दुर्गाबहादुर बुढाले हात पारेका छन् ।

सोमबार भएको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गरेका हुन् । उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दूरी पार गरेको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेका छन् । रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दूरी पार गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । निर्धारित दूरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याए ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमशस् ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिए ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छन् । उनले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरिन् ।

खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेकी छन् भने जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरिन् । उनले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरेकी हुन् । प्रथम, दोश्रो, तेस्रो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकीय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ४३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना