सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गालाई « Khabarhub

सानीभेरी मौराखारा गुरिल्ला म्याराथनको उपाधि दुर्गालाई


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – २८औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधी पुरुषतर्फ दुर्गाबहादुर बुढाले हात पारेका छन् ।

सोमबार भएको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्नुहुँदै रुकुम पश्चिमका बुढाले प्रथम स्थान प्राप्त गरेका हुन् । उनले चार घण्टा ५८ मिनेटको समयमा तोकिएको दूरी पार गरेको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । बुढाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेका छन् । रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दूरी पार गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । निर्धारित दूरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान ल्याए ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमशस् ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिए ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम भएकी छन् । उनले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरिन् ।

खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दूरी पार गरेर दोश्रो स्थान हाँसिल गरेकी छन् भने जुम्लाकी राज्यलक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरिन् । उनले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरेकी हुन् । प्रथम, दोश्रो, तेस्रो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकीय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आइरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्