सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह « Khabarhub

सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई सिरियामाथि लगाइएका सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले हालै सिरियालाई जारी प्रतिबन्धका बाबजुद छ महिनालाई प्रतिबन्ध खुकुलो बनाउँने जनाएको छ । प्रवक्ताले अस्थायी राहतको राजनीतिक प्रदर्शन गर्नुको सट्टा अमेरिकी सरकारले सिरियामाथिको एकपक्षीय प्रतिबन्ध पूर्णरूपमा तुरुन्तै हटाउनुपर्ने बताएका हुन्।

प्रवक्ता वाङले सिरियामा लगातार सैन्य हस्तक्षेप र गैरकानुनी एकतर्फी प्रतिबन्ध लगाएको र यसले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको भन्दै प्रकोपसँग जुध्ने क्षमतालाई निकै कमजोर बनाएको पनि वाङले जनाएका छन् ।

उनका अनुसार भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको थियो ।

“हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,” वाङले भने।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४७ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार