आगलागीमा परेर एक हजार आठ सय कुखुराको चल्ला नष्ट « Khabarhub

आगलागीमा परेर एक हजार आठ सय कुखुराको चल्ला नष्ट


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।

आज भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौँ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी हुँदा कुखुराको चल्ला र फार्मसहित रु नौ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना