राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरु « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उनको भनाई छ । ‘विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे’, उनले भने, ‘अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’ 

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरिफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ । 

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै