राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरु « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुआत भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले अब विगतजस्तो हातले लेख्नु नपर्ने बताए । कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुने उनको भनाई छ । ‘विगतमा हातले रिपोर्ट लेख्नु पथ्र्यो, त्यो गर्दा केही त्रुटि पनि आउथे’, उनले भने, ‘अब सबै कम्प्युटरले आफैँ लेख्ने छ, त्यसले गर्दा त्रुटि पनि आउने छैन ।’ 

उनका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरिफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ । 

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उनको भनाइ छ । यो मेसिन दाङमै पहिलोपटक भित्र्याइएको समेत सूचना अधिकारी भट्टराईको भनाइ छ । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको उनले बताए । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : ४५ बजे

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को