स्वास्थ्य शरीरका लागि मेवाका फाइदा « Khabarhub

स्वास्थ्य शरीरका लागि मेवाका फाइदा

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम अनुसारका फलफूलको सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा गर्ने गर्दछ। मौसमी फलफूलले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछ। धेरै उपयोगी फलफूलमध्ये मेवा एक हो। मेवा हामी सबैको घरमा सजिलै उपलब्ध हुन्छ। यो जुनै बेलामा पनि पाइन्छ। मेवा काँचो र पाकेको दुबै खान सकिन्छ। पाकेको मेवा मानिस त्यसै खान्छन्।काँचो मेवाको अचार बनाएर पनि खाने चलन छ।

मेवामा भिटामिन ‘ए’ र ‘सी’सँगै पोटासियम, क्याल्सियम र आइरन पाइन्छ। यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ। मेवाले पेटदेखि लिएर मुटु र कलेजोसँगै आन्द्राको समस्या हटाउन पनि मद्दत गर्दछ। पाकेको मेवा दैनिक रुपमा मात्रा मिलासेर सेवन गरेमा पेट दुख्ने, पोल्ने लगायतका समस्याबाट राहत मिल्छ। मेवाले भोक लगाउने र खाएको कुरालाई राम्रोसँग पचाउने कामसमेत गर्दछ। मेवाले पिसाब सफा बनाएर शरीरलाई सन्तुलनमा ल्याउने काम समेत गर्ने चिकित्सकहरुले बताएका छन्।

यी हुन् मेवा सेवनका फाइदा
मेवा बहुउपयोगी फलफूल हो। यसका फाइदालाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ :

आँखा तेजिलो हुन्छ
मेवामा प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइने हँुदा आँखाको दृष्टि तेजिलो बनाउन मद्दत गर्दछ।

छालामा फाइदा
नियमित मेवा सेवन गर्दा हाम्रो छाला आकर्षक र चम्किलो हुन्छ। बजारमा पछिल्लो समय मेवाबाट बनेका विभिन्न क्रिम, फेसवास, लोसनलगायतका मेकअप प्रोडक्ट पनि प्रशस्त मात्रामा पाइन्छन्।

पिसाब सफा हुन्छ
मेवामा डाइयुरेक्टिकस गुण हुन्छ जसले गर्दा कम पिसाब लाग्ने मानिसको शरीरमा पिसाब लगाउन मद्दत गर्दछ। साथै दैनिक मेवा सेवनले पिसाबको समस्या समाधान हुन्छ।

पेटको समस्या समाधान
मेवाले पेट सम्बन्धी सम्पूर्ण समस्यालाई हटाएर पेटको जलन ठिक गराउँछ। भोक लगाउने साथै खाएको कुरा राम्ररी पचाउनसमेत मेवाले मद्दत गर्दछ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
दैनिक रुपमा मेवा सेवनले प्रतिरोधात्मक क्षमता बढाएर स्वास्थ्य राख्नुका साथै मुखमा घाउ आउने समस्या पनि समाधान हुन्छ।

कब्जियतको समस्या समाधान
मेवामा प्रशस्त मात्रामा फाइबर पाइन्छ जसको सेवनले कब्जियतको समस्या समाधान हुन्छ। पायल्सको समस्या हुनेका लागि समेत मेवा फाइदाजनक मानिन्छ।

महिनावारी गढबढीको समाधान
मेवाको सेवनले महिलामा महिनावारी समयमा नहुने र धेरै दुख्ने समस्यामा समेत राहत मिल्छ। काँचो मेवाको सेवनले महिनावारी समयमा हुने गर्दछ।

घाउको उपचारमा उपयोगी
काँचो मेवाबाट निस्किने दूध वा चोपलाई शरीरमा घाउ चोटपटक हुँदा लगाउदा दुखाईमा राहत मिल्छ। यसरी निरन्तर लगाउँदा सहजै निको हुन्छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ०२ बजे

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत