भर्ना विवाद नसुल्टिदा आठ क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध « Khabarhub

भर्ना विवाद नसुल्टिदा आठ क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।

देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भए पनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको हो । 

उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन् ।

हाल अवरुद्ध भएको क्याम्पसको भर्ना विवाद हल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रमुखहरूलाई निर्देशन दिइसकेको छ । ‘हामी यसपटक सबै क्याम्पसमा स्ववियु निर्वाचनमार्फत नेतृत्व आउने छन्, कुनै पनि क्याम्पसमा स्ववियुको नेतृत्व विना सञ्चालन हुन सक्दैन भन्नेमा सचेत छौं’, ‘त्यसैले रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन्, चाँडै ती क्याम्पसमा स्ववियु निर्वाचन हुनेछन ।’

उनका अनुसार देशैभरीका अन्य क्याम्पसमा भने उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिरहेका छन् । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ०३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को