क्यालिफोर्नियामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु « Khabarhub

क्यालिफोर्नियामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।

स्यान डियागोको ब्लाकबीचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् । दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।

खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरू भेटिएको थियो। घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै