पाथीभरामा थप हेल्थ डेस्क स्थापना हुने  « Khabarhub

पाथीभरामा थप हेल्थ डेस्क स्थापना हुने 


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । पाथीभरा मन्दिरमा दर्शन गर्न आउने तीर्थयात्रीको सहजताको लागि  हेल्थ डेस्क स्थापना गर्न लागेको हो ।

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए। 

अहिले पाथीभराको ठूलो फेदीमा स्वास्थ्यकर्मी र औषधिसहितको हेल्थ डेस्क सञ्चालनमा भइरहेको छ । अस्पताल, नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं १ गुल्मसहितको सहयोगमा तीर्थालुको चाप बढी हुने समय अवधिभर थप हेल्थ डेस्क सञ्चालनमा ल्याउने तयारी भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए । पाथीभरा क्षेत्रमा सञ्चालनमा रहेको होटलमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारणसमेत गरिएको छ ।

मन्दिर क्षेत्र र त्यहाँको आवास प्रतिबन्धसहितको जानकारी दिन सदरमुकाम फुङ्लिङमा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै