पाकिस्तानमा पोलियो खोप अभियान सुरु « Khabarhub

पाकिस्तानमा पोलियो खोप अभियान सुरु


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा पोलियोका बिरामीहरु देखिएपछि खोप अभियान सुरु गरिएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि सरकारले सोमबारदेखि पोलियो खोप अभियान सुरु गरेको हो ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।

सिन्धको प्रान्तीय सरकारले सोमबारदेखि यो अभियान सुरु गरेको र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई खोप दिइने बताइएको छ ।

त्यसपछि अर्को अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।

सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुबै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने अधिकारीहरुले जनाएका हुन् ।

यसअघि पनि सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : १४ बजे

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका