एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता « Khabarhub

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् । पूर्ण रुपमा आतंकवाद निवारण नभएसम्म भारत चुप लागेर नबस्ने उनको भनाइ छ ।

उनले आतंकवादी गतिविधि निवारणका लागि पछिल्ला केही वर्षयता भारतले राष्ट्रसंघीय प्रतिआतंकवाद कार्यालयलाई २० लाख अमेरिकी डलर योगदान गरेको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिने समेत बताइन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्वव्यापी प्रतिआतंकवाद रणनीतिमा सबै मुलुकको सहभागिता रहनुपर्नेमा पनि जोड दिइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : ५२ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन