एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता « Khabarhub

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् । पूर्ण रुपमा आतंकवाद निवारण नभएसम्म भारत चुप लागेर नबस्ने उनको भनाइ छ ।

उनले आतंकवादी गतिविधि निवारणका लागि पछिल्ला केही वर्षयता भारतले राष्ट्रसंघीय प्रतिआतंकवाद कार्यालयलाई २० लाख अमेरिकी डलर योगदान गरेको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिने समेत बताइन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्वव्यापी प्रतिआतंकवाद रणनीतिमा सबै मुलुकको सहभागिता रहनुपर्नेमा पनि जोड दिइन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : ५२ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद