अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कमाठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका १ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इङ्गल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी इङ्गल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको प्रहरीको भनाइ छ ।

कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लाउन्ड्रिङ सर्टिफिकेट, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : २६ बजे

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

काठमाडौं– गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड