अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कमाठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका १ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इङ्गल्याण्डको नागरिक बताएको र नेपाल आएपश्चात विवाह गरी इङ्गल्याण्ड लैजाने प्रलोभन देखाइ ठगी गरेको प्रहरीको भनाइ छ ।

कुरियर कार्यालयबाट पार्सल पाउनको लागि एन्टी मनी लाउन्ड्रिङ सर्टिफिकेट, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : २६ बजे

नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन जारी रहेको

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव

न्युयोर्क – एलन मस्कको नेतृत्वमा रहेको लगानीकर्ताको समूहले च्याट जिपीटीको

नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै

काठमाडौं– नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे

विधायन व्यवस्थपनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ