उपराष्ट्रपतिका उम्मेदवार यादवले नेकपा एसका अध्यक्ष नेपालसँग मत मागे « Khabarhub

उपराष्ट्रपतिका उम्मेदवार यादवले नेकपा एसका अध्यक्ष नेपालसँग मत मागे


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज भेट गरी मत मागेका छन् ।

उनले अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”

उपराष्ट्रपतिका उम्मेदवार यादवले अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : ३९ बजे

नवनियुक्त महान्याधिवक्ता डा कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन