ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा « Khabarhub

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिनभर बहस भए पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनामा अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

ओलीका पक्षबाट श्रीमती राधिका शाक्य र लेखकातर्फबाट श्रीमती यशोदा लेखकले रिट हालेका थिए । उनीहरूविरुद्ध जिल्ला अदालतमा म्याद लिएर अनुसन्धान अघि बढिरहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ५२ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको