पाकिस्तानमा सुरक्षाकर्मी कारबाहीमा परी दुई आतङ्ककारी मारिए « Khabarhub

पाकिस्तानमा सुरक्षाकर्मी कारबाहीमा परी दुई आतङ्ककारी मारिए


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रतिआतङ्कवाद कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा दुई जना आतङ्ककारी पक्राउ परेका छन् ।

सिन्ध प्रान्तको प्रतआतंकवाद विभाग सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपासनजिकै कारवाही गरेको थियो । दुवै मृतकको पहिचान भइसकेको छ ।

उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ । यसैगरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको प्रमुख योजनाकार रहेको बुझिएको छ ।

उक्त आक्रमणमा घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ०८ बजे

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

काठमाडौं– गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड