तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए : राष्ट्रसंघ « Khabarhub

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाखले रोजगारी गुमाए : राष्ट्रसंघ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा ७ लाख जनाले रोजगारी गुमाएको पाइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि रमिज अलअक्बरोभले पछिल्लो १८ महिनामा ७ लाख जनाले रोजगारी गुमाएको जानकारी दिएका हुन् ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार सो अवधिमा अफगानिस्तानको कूल आयमा ३५ प्रतिशतको गिरावट देखिएको छ । पत्रकार सम्मेलनका क्रममा विशेष प्रतिनिधि अलअक्बरोभले अफगानिस्तानका ६५ प्रतिशत जनसङ्ख्यालाई तत्काल मानवीय सहायता आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

यसबाहेक मुलुकका दशौँ लाख मानिसहरु प्रलयकारी भोकमरीको जोखिममा रहेको समेत उनको भनाइ छ ।

अफगानिस्तानमा अत्यावश्यक खानेकुराको मूल्य ३० प्रतिशतले बढेको बताउँदै उनले तीन चौथाई आम अफगान नागरिकको सम्पूर्ण खर्च खानेकुरामा मात्र खर्च भइरहेको समेत उल्लेख गरेका छन् ।

अफगानिस्तानले गम्भीर मानवीय संकट व्यहोरिरहेको भन्दै राष्ट्रसंघले बारम्बार धनी मुलुकहरुलाई सहयोग गर्न आह्वान समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ५४ बजे

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

काठमाडौं– गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड