उखुको जुसका फाइदा « Khabarhub

उखुको जुसका फाइदा


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गर्मी बढेसँगै हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ। किनकी शरीरमा भएको पानी धेरै पिसनाको माध्यमबाट बाहिर जाने हुन्छ। त्यसैले यो मौसमा मानिस उखुको रस सेवन गर्ने गरेको पाइन्छ। हाम्रो शरीरमा पानीको मात्रा कम हुँदा जुस तथा फलफूलले त्यसलाई केही मात्रामा पूर्ति गर्ने गर्दछ। साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनसमेत उखुले मद्दत गर्छ। उखुको रसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइन्छ। जसले शरीरमा पोषण तत्त्व प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो र स्वस्थ बनाउँछ। यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाब सम्बन्धी समस्याबाट पनि मुक्ति पाउन सकिने चिकित्सकले बताएका छन्। नियमित उखुको जुसले जन्डिसको समस्यामा अधिक लाभ मिल्छ।

पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ
उखुको जुसको सेवनले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाएर राख्न विषेश मद्दत गर्छ। साथै पिसाब सम्बन्धी समस्याबाट पनि मुक्ति दिलाउछ।

शरीरलाई फूर्तिलो र स्वस्थ राख्छ
उखुको जुसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो र स्वास्थ्य बनाउँछ।

कलेजोलाई मजबुत बनाउँछ
उखुको जुसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ। कलेजोमा संक्रमण हुन दिँदैन।

शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्छ
उखुको रसमा प्रशस्त मात्रामा ग्लुकोज पाइने हुँदा यसले शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्नमा मद्दत गर्छ।

पिसाबको इन्फेक्सन कम गर्छ
उखुको जुसको सेवनले प्रयाप्त मात्रामा पिसाब लाग्ने हुँदा जसलाई पिसाब रोकिने, पिसाबको इन्फेक्सनका समस्या छन् त्यसमा अधिक लाभ मिल्छ। साथै मिर्गौलालाई स्वस्थ राख्छ।

दाँतको लागि फाइदाजनक
दाँत सम्बन्धी समस्यामा उखुको जुस खाँदा लाभ मिल्छ। किनकी उखुको रसमा क्याल्सियम र फोस्फोरस अत्याधिक मात्रामा पाइन्छ।

थकानमा लाभ मिल्छ
उखुको जुसमा साधारण गुलियो पदार्थ हुने हुँदा तुरुन्त शरीरमा ऊर्जा सिर्जना हुन्छ र थकान कम महसुस हुन्छ। उखुको जुसले क्यान्सर लगायतको समस्याबाट पनि छुटकारा मिल्छ।

छाला चम्किलो बनाउँछ
उखुको रसलाई प्याक बनाएर फेसमा लगाउदा अनुहारलाई चम्किलो बनाउन मद्दल गर्छ। साथै अनुहारमा आउने पिम्पल लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ। सधै सफा ठाउँको र सफा भाँडोमा मात्र उखुको जुस सेवन गर्नुपर्छ। मधुमेह रोगको बिरामीका लागि भने उखुको रस सेवन गर्नु लाभदायक मानिदैन।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : २३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले