जङ्गलको डढेलो फैलिन थालेपछि नजिकको बस्ती जोखिममा | Khabarhub Khabarhub

जङ्गलको डढेलो फैलिन थालेपछि नजिकको बस्ती जोखिममा


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको सदरमुकाम गाईघाट आसपासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।

त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले जानकारी दिएका छन् । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताए । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् । एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ०३ बजे

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

मनहरी– बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र

एमाले बागमती प्रदेशको अधिवेशन आजदेखि सुरु  

काठमाडौँ– नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु

‘काम संविधानले होइन मान्छेले गर्ने हो’

संविधान भनेको एउटा साधन हो। साध्य त फेरि मान्छेले नै

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नदीले जग्गा कटान गर्दा मुक्त कमैया परिवार विस्थापित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले