बैतडीमा जिप दुर्घटना : अझै मृतकको शव परीक्षण भएन | Khabarhub Khabarhub

बैतडीमा जिप दुर्घटना : अझै मृतकको शव परीक्षण भएन


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा मंगलबार राति भएको जिप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन् । क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन् । 

शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् । गाडी धनीबाट  क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका  छैनन् । मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए ।  पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन् ।   

यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै  शव राखेर आन्दोलन गरेका थिए । शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति  दिने भने मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए । 

मङ्गलबार राति खोडपे=बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मंगलबार राति  ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको  छ । 

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन् । जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए । 

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन् । जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो । उकालो सडकमा एक्कासि जीप ब्याक भएर भीरमा खसेको थियो । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १२ : २७ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका