‘संसदबाट जनताका आशा र भरोसा धेरै छन्’ « Khabarhub

‘संसदबाट जनताका आशा र भरोसा धेरै छन्’


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरूसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए ।

दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए ।

‘विधेयकहरू समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद छ । समितिहरू ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरू अघि बढ्न सकेको छैन,’ उनले भने ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ५ : ३३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी