२०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्छ : शेखर कोइराला « Khabarhub

२०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्छ : शेखर कोइराला


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०७९ लाई चुनावी वर्षको रुपमा सम्झनुपर्ने बताएका छन् । बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानअनुरूप ३६ हजार जनप्रतिनिधिहरू शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका बताएका हुन् । 

‘यि जनप्रतिनिधिहरूबाट देश र जनताको हितमा काम हुनेछ भन्ने अपेक्षा हुनु स्वाभाविकै हो । राष्ट्र निर्माणको यस्तो जिम्मेवारी वहन गर्ने क्रममा देशको विविधता अनुरूपको प्रतिनिधित्वमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रले गाउँ देखि शहर हुँदै केन्द्र सम्म जरा गाड्न पुगेको छ, अर्थात नेपालको लोकतन्त्रले नयाँ उचाइ प्राप्त गरेको छ’, उनले सन्देशमार्फत भनेका छन् । 

उनले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वास माथि प्रश्न उठिरहेको तीतो यथार्थ कसैबाट नलुकेको र अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिक मैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताएका छन् ।

उनले नेपालको नयाँ युग सुरु होस भन्ने कामनासहित देश भित्र र बाहिरका नेपालीहरूलाई नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नयाँ वर्षको यस उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा संकल्प गर्ने अठोट कायम होस । यसरी गरिने साझा संकल्पबाट नेपालको शान्ति, स्थिरता र समृद्धिको यात्रा अगाडि बढोस । सबै नेपालीहरूको जीवनमा खुसियाली ल्याउन हामी सबैको इच्छाशक्ति र देश निर्माण एकमात्र ध्येय होस भन्ने कामना गर्दै फेरी एकपटक नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ५६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु