कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ? « Khabarhub

कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ?


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जीवन बचाउने, हातगोडालगायत आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने बताए ।

“निर्देशिका २०७० को दफा २३ को उपदफा (२) (ग) १, २ (ङ) का अनुसार नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रूपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउनेछन्”, उनले भनेका छन् ।

मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाणपत्र काउन्सिलबाट प्राप्त लिएकाले अल्ट्रासाउण्डको प्रयोग गर्नुका साथै सरकारले तोकेका स्थानमा तोएिको विषय तथा अङ्गको मात्र गर्न पाउने तर व्यावसायिक सूचना गर्न नपाउने अधिकारीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ३९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद