जुम्लामा फापर खेती घट्दै « Khabarhub

जुम्लामा फापर खेती घट्दै


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन ।

व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन लाभदायक मानिन्छ ।

नेपालमा हाल तीते र मीठो गरी दुई थरीको फापरको उत्पादन हुँदै आएको छ । जुम्लामा आर्थिक वर्ष २०७८÷०८९ को तथ्याङ्कअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन फापर उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए। जुम्लाको चन्दननाथ नगरपालिका–१ गौरीनन्द आचार्यले जिल्लामा पछिल्लो समयमा किसानले फापर खेती गर्न छाडेको जानकारी दिए ।

जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।

दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको तिला गाउँपालिका–१ स्थानीयवासी नर रावतको भनाइ छ । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको र जति मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति आकर्षण घटेको किसानहरू बताउँछन् ।

यता तिला–९ का किसान धनबहादुर बुढाले गाउँघरमा भन्दा सहर बजारमा फापरको महत्त्व बढ्दै गएको बताउनुभयो । जिल्लाका आठवटै स्थानीय तहले फापर खेतीलाई संरक्षण गर्नका लागि ध्यान नदिएको जिल्लाका किसान बताउँछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ५१ बजे

चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्

प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप