चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो  « Khabarhub

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप शुक्रबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत शुक्रबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।

चिनियाँ दूतावासका अनुसार नेपालमा विपद् व्यवस्थापन तथा खोज, उद्धार र राहतका काम अघि बढिरहेका बेला तत्काल आवश्यकतालाई ध्यानमा राखेर यसपटकको सामग्री पठाइएको हो।

पाँचौँ खेपमा डिजेल जेनेरेटर, चिकित्सकीय सुरक्षात्मक मास्क, शव संरक्षणका लागि प्रयोग हुने फ्रिजर, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट र पानीमा उद्धारका लागि आवश्यक उपकरणलगायत सामग्री छन्।

यी सामग्रीले विपद्पछिका थप खोज, उद्धार तथा व्यवस्थापनका काम प्रभावकारी रूपमा अघि बढाउन नेपाललाई सहयोग पुग्ने चिनियाँ दूतावासले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  २ : १७ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ