आईपीएलमा मुम्बईसँग गुजरात पराजित « Khabarhub

आईपीएलमा मुम्बईसँग गुजरात पराजित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्स शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको वाान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई पराजित गरेको हो ।

टस हारेपछि ब्याटिङ गरेको मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनायो।मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो। ​

राशिद खानले अविजित ७९ रन बनाए पनि गुजरातको हार टर्न सकेन। डेबिड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्य खेलाडीले दोहोरो अंकमा रन थप्न सकेनन्।

जितसँगै मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने यो खेलमा हार व्यहोरे पनि गुजरात तालिकाको शीर्ष स्थानमा कायमै छ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ०५ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको