सबै मान्छे कृषिमा जोडिनु आवश्यक छ « Khabarhub

सबै मान्छे कृषिमा जोडिनु आवश्यक छ

महिलालाई माटोदेखि उद्यमसम्म जोड्ने सुनिता


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुनिता नेमाफुकी एउटा संघर्षको नाम हो। यो नाम अध्ययन र कृषि उद्यमका विविध आयमसँग जोडिएको छ। महिलालाई माटोदेखि उद्यमको बाटोसम्म जोडने कर्ममा समर्पित छन्। कृषि कर्मको उद्यमशीलतामा एक समर्पित व्यक्तित्व सुनिता नेमाफुकीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

कुराकानीको सुरुवात परिचयबाट गरौँ, तपाई आफूलाई के भनेर चिनाउनुहुन्छ ?
सपना देखाउने र सपनालाई साकार पार्न खोज्नेलाई सहयोग गर्ने काम गर्छु। त्यसको लागि उद्यम गर्नुपर्छ। व्यवसाय गर्नुपर्छ दैनिक यसको कार्यमा लागि रहनुपर्छ भनेर अरूलाई झकझकाउनु र आफूले आफूलाई कार्य प्रति निरन्तरता दिएर लागि परेकी छु। म आफूलाई कर्मशील उद्ययमीको रूपमा चिनाउन चाहन्छु।

आफ्नो संघर्षमय यात्रालाई कसरी समेट्नु हुन्छ ?
काठमाडौं उपत्यकाको पढाइ र जन्म भूमि भक्तपुरको फरक नेवारी परिवारमा भएको व्यक्ति हुँ। यसो हेर्दा सबै कुरा भएको भक्तपुरको स्कुले जीवन संघर्षपूर्ण थियो। स्कुल पुग्न एक घण्टा लाग्ने गथ्र्यो। त्यो बाटो हिँडेर नै अध्ययनका दागि स्कुल गर्नुपर्ने थियो। विद्यालय तहको संघर्षले गर्दा म १८ वर्ष लाग्दा नै उद्यमशीलतामा लागेकी हुँ। आजको दिनसम्म निरन्तरता दिएकी छु।

कृषिमा के कस्ता परिवर्तन भएको छ वा के घटबढ भएको देख्नु हुन्छ ?
पहिला कृषिमा ८० प्रतिशत मान्छे लागेको थियो। अहिले भने ५०-६० प्रतिशत मान्छे मात्र कृषिमा लागेका छन्। त्यसमा सुधार गर्न सक्नुपर्छ। आजको दिनमा यो दशकलाई हेर्दा टनेल खेती भएको छ। त्यो पहिले थिएन। सबै लगानीमा लागेका छौँ। मुख्य हामीले खाने आलु, धान आयात भएको छ। हामी आर्जन अर्को गर्ने र खान अरू नै खोज्ने भएको कारण नकारात्मक पक्ष हाबी भएको देखिन्छ। जसकारण आफूले प्रयोग गर्ने तथा आफ्नो प्रयोगलाई ख्यालमा राखेर कृषिको कार्य अगाडि बढाएमा अति उत्तम हुन्छ। किसान आफै छरिएर टाढाटाढा रहेको कारण पनि समस्या आएको पाइन्छ।

तपाईंले एउटा पत्रिकासमेत सञ्चालन गर्नुहुन्छ, त्यसको फाइदा के कस्तो रहेको छ ?
सुरुमा पत्रिका गर्दा हजार कपी निकालेर पत्रिका चल्न थालेको हो। अछाममा पुग्दासमेत तपाईंको पत्रिका हेरेर खेती गरेको हो भनेको सुन्दा धेरै खुसी लागेको थियो। जुनसुकै स्थानमा भए पनि हाम्रो पत्रिकाले धेरै कुराको जानकारी गराएको छ। धेरै जानकारीमूलक सामग्री समेटेर विकास गराउने माध्यम नै पत्रिका भएको छ। अचानक आउने मुनाफाका लागि पत्रिका चलाएको होइन।

सरकारले के कस्ता कार्यलाई ध्यानमा राखेको छ, सुधार केमा भएको छ ?
संघीय सरकारले भर्खर मात्र सूचना निकालेर कृषि नीतिलाई प्राथमिकता दिएको छ। स्पष्ट नीतिको लागि काम गर्छौ भनिएको छ। त्यसको लागि पहिलो प्राथमिकता कृषिमा नै गएको छ। मुख्य ध्यान तथा क्षमता अभिवृद्धिको लागि काम कम भएको जस्तो लाग्छ। दातृ निकायले समूहसमूह बनाएर कार्य गर्न खोजेका छन्। त्यो पनि सही हो। तर सबै निकायलाई समेटेर कार्य अगाडि बढाउनु पर्ने हुन्छ। हामीलाई कृषि कसले गराउँछ भन्ने नै थाहा भएन। त्यसको बारेमा ध्यान दिनुपर्छ मार्केट छ छैन त्यसमा ध्यान दिनुपर्छ। मिडियाको कारण पनि परिवर्तन गरेको छ। त्यसमा हामीले विभिन्न तालिमको व्यवस्था पनि गरेका छौं। त्यसले पनि जनतामा धेरै परिवर्तन भएको पाइन्छ। जसको कारण समाजलाई सानो सानो परिवर्तन गराउन सकेमा के सुधार हुन्छ भन्ने लाग्छ। उद्योग व्यवसायमा पनि परिवर्तन गराएको पाइन्छ। कृषिबाट पनि धेरै परिवर्तन सम्भव छ। यसमा मिडियाको भूमिकासमेत महत्त्वपूर्ण हुन्छ। हामीसँग कसरी काम गर्ने भन्ने स्पष्ट कार्यविधि छैन। मल कारखाना, किसान क्रेडिट कार्डको व्यवस्था गर्न सक्नुपर्छ। कृषि कर्जा सबैमा दिनुपर्छ र कृषकले पनि त्यसको पालना गर्न सक्नुपर्ने हुन्छ। सबै क्षेत्रको मान्छे कृषिमा जोडिनु आवश्यक छ।

पछिल्लो समय कृषिमा महिलाको सहभागिता कस्तो पाउनु भएको छ ? यसले कस्तो परिवर्तन ल्याएको छ ?
८० प्रतिशत महिलाले कृषिमा काम गरेको छ भनेर सरकारले भनेको छ। त्यसमा महिला कामदारको रुपमा सक्रिय भए पनि तालिममा फेरि पुरुषहरू अग्रसर भएका हुन्छन्। महिला अगाडि बढ्न नचाहेको तथा डराएको भनेर भन्न सकिँदैन। मजदुरी गर्ने ठाउँमा धेरै महिला नै सक्रिय भए पनि निर्णय गर्ने ठाउँमा पुरुष नै देखिन्छन्। यसलाई रोक्न महिला मुलुक नीति आवश्यक छ। महिलाको मेहनतको सम्मानका लागि यो नीति तत्काल ल्याउनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति: कुसुम गौतम

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : १४ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त