साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो « Khabarhub

साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो



दोहा – साउदी अरेबियाबाट नेपाल फर्किने क्रममा सवारी दुर्घटनामा परेका भक्तमणि रखाललाई नेपाल ल्याइएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका रखाललाई साउदीस्थित नेपाली दूतावासको विशेष पहलमा वैशाख २१ गते (४ मे) नेपाल ल्याइएको हो ।

गत २१ जनवरी २०२३ का दिन नेपाल फर्किनका लागि विमानस्थल जाँदै गर्दा रखाललाई पछाडिबाट गाडीले ठक्कर दिएको थियो । लामो समयसम्म कोमामा रहेका रखालको स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गइरहेको र परिवारले छिटो पठाइदिन गरेको अनुरोधका कारण नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनको किङ अब्दुल्लाह मेडिकल सिटी अस्पतालमा उपचार भएको थियो । रखाललाई ठक्कर दिने सवारीसाधनबारे प्रहरीले हालसम्म पनि कुनै विवरण प्राप्त गर्न नसकेको दूतावासले उल्लेख गरेको छ । उनी वैदेशिक रोजगारीको सिलसिलामा विगत सात वर्षदेखि साउदीमा थिए ।

रखाललाई स्वदेश ल्याउँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जनाउँदै हाल परिवारले जिम्मा लगाएर अस्पतालमा भर्ना गरी थप उपचारको क्रममा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : १८ बजे

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा