अरुणा लामा अर्थात् मिठु दिदी | Khabarhub Khabarhub

अरुणा लामा अर्थात् मिठु दिदी



नेपाली आधुनिक संगीत, नेपाली चलचित्रको पार्श्व सङ्गीतमा नेपाल र भारतका विशेष गरेर दार्जिलिङका सङ्गीतकर्मीको बराबर भूमिका छ। नेपाली आधुनिक सङ्गीतमा जुन समयमा रेडियो स्थापना भयो त्यसपछि संगीत क्षेत्रमा कलाकारको उदय भयो। नातिकाजी, शिव शंकर, प्रेमध्वज प्रधान, कोइलीदेवीको युग सुरु भयो। रेडियो नेपालको प्रवाहले हिन्दी संगीतमा नेपाली संगीतको प्रभाव परेको देखिन्छ। अम्बर गुरुङको नेतृत्वमा दार्जिलिङको सङ्गीतले फड्को मारेको हो। दार्जिलिङका आर्क एकेडेमी वा लोक मनोरम शाखा हिमालय कला परिवार धेरैको चर्चा आउँछ। अम्बर गुरुङले नेतृत्व गरेको सांगीतिक टोलीमा एक गायिकाको उपस्थिति हुन्छ। ती गायिकाको नाम हो अरुणा लामा। उनको घरमा बोलाउने नाम मिठु हो। धेरैले उनलाई मिठु दिदी भनेर चिन्छन्। उनलाई गायिकाको रूपमा पहिलो पटक ब्रेक दिने सौभाग्य सङ्गीतकार अम्बर गुरुङलाई मिल्यो।

नेपाली आधुनिक गीत सङ्गीतमा कोइलीदेवी, तारादेवीहरूको लस्करमा एउटा नयाँ नाम थपियो जो अरुणा लामा। २०१८ सालको हाराहारी पछाडि अरुणा लामाको गायन कहिले अम्बर गुरुङसँग युगल गायनमा कहिले आफ्नो एकल गायनमा सुरु भएको हो। गायिका अरुणा लामा अम्मर गुरुङको छत्रछायामा तथा अम्बर गुरुङको प्रिय शिष्यको रूपमा आएकी हुन्।

उनको गायन क्षेत्रमा प्रतिभाशाली सङ्गीतकार तथा गीतकार शरण प्रधानसँग भेट भयो। उनीहरूको नै वैवाहिक जीवन सुरु भयो। प्रधानसँग विवाह गरेपछि अरुणा लामाले विशेष गरेर शरण प्रधानको शब्द अनि रञ्जित गजमेरको सङ्गीतमा पनि गीतहरू गायकी छन्। उनका कान्छा शब्द प्रयोग भएका गीत लोकप्रिय थिए।

अरुणा लामाको साङ्गीतिक यात्रा शरण प्रधान र रञ्जित गजमेरसँगको त्यो सङ्गम समूहमा लोकप्रिय भयो। ‘मान्छे सबै एउटै रगतको’ तथा ‘यो बैनीको माया’ तथा ‘यो हृदय त त्यही नै हो’ जस्ता धेरै गीत चर्चित छन्। तर प्रचार प्रसारको हिसाबले यी गीतहरू अलिपछि नै परे।

यसपछि गायिका अरुणा लामाको पहिलो चलचित्र गायनको यात्रा सुरु हुन्छ। सन् १९६६ को डिसेम्बरमा भारतको मुम्बईमा यो एउटा अनौठो र आश्चर्य लाग्दो उनको निम्ति चुनौती थियो। भारतमा प्रसिद्ध सङ्गीतकार जयदेवले नेपाली फिल्म माइतीघरमा सङ्गीत गर्ने भएपछि जयदेव र उनका सहायक मिनु पुरुषोत्तमले नेपालबाट छानेका कलाकारहरू मध्ये प्रेमध्वज प्रधान, सिपी लोहनी दार्जिलिङबाट आएकी अरुणा लामालाई लिएर यो रेकर्डिङको यात्रा बम्बै पुग्छ। त्यहाँ अरुणा लामाले हिन्दी फिल्मकी चर्चित गायिका गीता दत्त र सिपी लोहनीसँग पनि गाएकी छन्।

यो अरुणा लामाको गायनको पहिलो चरण थियो। चलचित्रमा २०१८ सालमा आफ्नो एकल गीतबाट सुरु गरेकी अरुण लामाले २०२२ सालसम्म आइपुग्दा फिल्मको गीतको यात्रा सुरु गरिन। २०२२ सालमा माइतीघरमा गीत गाएकी अरुणा लामाले करिब १३ वर्षपछि मात्र कथानक नेपाली चलचित्र परालको आगोमा फेरि गीत गाउन पाइन।

शान्ति ठटालको सङ्गीतमा प्रताप सुब्बाको निर्देशनमा बनेको परालको आगो अरुणा लामाको पाश्र्व गायनको दोस्रो यात्रा हो। यो लामो समयको इतिहासको घडीमा २०३१ सालमा अरुणा लामाका पति शरण प्रधानको निधन हुन्छ। शरण प्रधानको निधनपछि अरुणा लामा केही वर्ष  गीत नै नगाउने निर्णय गरेर घर बसेकी हुन्छिन्। सङ्गीतकार कर्म योञ्जनको करकापले उनी दार्जिलिङको कुनै साङ्गीतिक कार्यक्रममा गाउनको निम्ति सरिक हुन्छिन्।

यसपछि अरुणा लामाको दुखान्त गायनको अर्को पाटो सुरु हुन्छ। उनले सुरुवातमा उदास वसन्तको गीत गायकी थिइन भने उनको जीवन उदासमा नै बित्यो। अरुणा लामाको यो दोस्रो गायनको कार्यको सुरुवात सङ्गीतकार कर्म योञ्जन सङ्गीतकार गोपाल योञ्जन गुरु अम्बर गुरुङलगायत धेरैसँग संगत सुरु हुन्छ।

नेपालका सङ्गीतकार नातिकाजी श्रेष्ठ, शिव शंकरसँग पनि उनको सङ्गीत सुरु हुन्छ। शान्ति ठटालको गीति नाटक निलो सूर्यास्तमै ईश्वर वल्लभका गीत गाएपछि अरुणा लामाको स्वरको फेरि एउटा नयाँ परिचय बन्दै आउँछ। नयाँ परिचयको क्रममा अर्को गीत लोकप्रिय हुन्छ। राजेन्द्र थापाको शब्द, अम्बर गुरुङको सङ्गीतमा ‘पोहोर साल खुसी फाट्यो’ यो गीत सङ्गीत इतिहासको कुनै पनि पाना पल्टाउँदा अरुणा लामाको सर्वाधिक लोकप्रिय गीत मानिन्छ। यो गीतका धेरै इतिहास छन्। नेपालको एउटा घटना छ। प्रधानमन्त्रीले राजीनामा दिने बेलामा यो गीतको पक्ति उद्धृत गरेर गायिका अरुणा लामालाई सम्झिएर यो गीतको पक्तिको चर्चा गरेका थिए।

अरुणा लामाको आधुनिक सङ्गीतमा अम्बर गुरुङ, शरण प्रधान, रञ्जित गजमेर, कर्म योञ्जन, गोपाल योञ्जन, नातिकाजी जस्ता अन्य धेरै व्यक्तिको सङ्गीतसम्म पनि गाएको छ। वसन्त क्षेत्रीको सङ्गीतदेखि दीप श्रेष्ठको सङ्गीतसम्म गाउँदा उनको स्वास्थ्य विस्तारै बिग्रिँदै गएको थियो। उनले युवा पुस्तामा चर्चित सङ्गीतकार न्ह्यु बज्राचार्य सङ्गीतमा राजेन्द्र थापाको शब्दमा अर्को गीत गाएकी छन्।

नेपाल चलचित्र संस्थानबाट जीवन रेखा बन्ने बेलामा एकल सङ्गीतकारका रूपमा पहिलो मौका पाएका अम्बर गुरुङले गायकमा प्रेमध्वज प्रधान गायिकाको निम्ति अरुणा लामालाई चयन गरेका थिए।

त्यो बेलाको सरकारी नीतिमा नेपाल सरकारको लगानी रहेको संस्थानबाट फिल्म बन्न लाग्दा त्यस फिल्ममा गाउने कलालाई उद्धृत गर्दै गायिका अरुणा लामालाई सम्झिएर यो गीतको पक्तिको चर्चा गरेका छन्।

वसन्त क्षेत्रीको सङ्गीतदेखि दीप श्रेष्ठको सङ्गीतसम्म गाउँदा उनको स्वास्थ्य विस्तारै बिग्रिँदै गएको थियो। उनले युवा पुस्तामा चर्चित सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीतमा राजेन्द्र थापाको शब्दमा अर्को गीत गाएकी थिइन।

साही नेपाल चलचित्र संस्थानबाट जीवन रेखा बन्ने बेलामा एकल संगीतकारका रूपमा पहिलो मौका पाएका अम्बर गुरुङले गायकमा प्रेमध्वज प्रधान गायिकाको निम्ति अरुणा लामालाई चयन गरेका थिए। त्यो बेलाको सरकारी नीतिमा नेपाल सरकारको लगानी रहेको संस्थानबाट फिल्म बन्न लाग्दा त्यस फिल्ममा गाउने कलाकार नागरिकता नेपालको हुनु पर्ने कारण देखाएर अरुणा लामालाई त्यो फिल्ममा गाउन दिइएको थिएन।

यो फिल्ममा उनले गाउन नपाए पनि त्यसपछि लगतै निजी स्तरबाट बनेको यहाँको पहिलो फिल्म कान्छीमा गोपाल योञ्जनको सङ्गीतमा अरुणा लामाले नारायण गोपालसँग गीत गाएकी छन्। नेपालबाट बनेका प्राय सबै फिल्ममा अरुणा लामाको स्वर छ।

पछिल्लो समयमा चेतन कार्कीद्वारा निर्देशित फिल्म पहिलो प्रेममा गोपाल योञ्जनको सङ्गीतमा अरुणा लामाले फेरि गीत गाइन। नेपाली सङ्गीत आकाशमा अरुणा लामाको आवाज चलचित्रको पाश्र्व गायिकाको रूपमा लोकप्रिय रह्यो। नाटकमा पनि उनका गीत प्रयोग भएका छन्। चलचित्रमा पहिलो पटक अभिनय गरेकी शर्मिला मल्लले कान्छी फिल्ममा अरुणा लामाको स्वर पाइन। अरुणा लामाको स्वरमा नै तिनले अभिनय गरिन।

अरुणा लामाको स्वर धेरै नेपाली नायिकाको निम्ति सुट हुने गथ्र्यो। शब्दको शुद्धता, उच्चारणको सुलभता, शब्द र त्यसको अर्थको गहिराइलाई बुझ्ने उनको स्वरले गर्दा चलचित्रमा उनको स्वर स्पष्ट मानिएको थियो। नेपाली चलचित्रमा सबैभन्दा बढी गीत गाउने महिलाको नाम लिँदा तारा देवीको नाम आउँथ्यो भने त्यसपछि अरुणा लामाको नाम पनि आउने गरेको थियो। पछि भारतको बम्बैमा रेकर्डिङ गर्न थालेपछि भने अन्य कलाकारले गाउन सुरु भएको हो।

गायिका अरुणा लामालाई सङ्गीतकार कर्म योञ्जनले आफ्नो एउटा गीतमा राम्रो प्रयोग गरेका छन्। अरुणा लामालाई सङ्गीतकारका रूपमा कर्म योञ्जनले जति न्याय गरेका छन्। त्यति कै न्याय भाइ गोपाल योञ्जनले गरेका छन्। धेरै कारणले अरुणा लामा नेपाली आकाशमा एक महत्त्वपूर्ण गायिका मात्र नभई सङ्गीतकारको निम्ति महत्त्वपूर्ण चुनौतीका रूपमा पनि लिइन्छ।

आफू भन्दा पछिका सङ्गीतकार मणि कमलको सङ्गीतमा रहेको हाँगाहाँगा पात, हरिभक्त कटुवालको सदाबहार शब्दलाई निकै राम्रोसँग स्वर दिएकी छन्। अरुणा लामाको चलचित्र गायन एकातिर छ। फिल्म सङ्गीतको गायन एकातिर छ। रङ्गमञ्चको इतिहास अर्को पाटो छ। अरुणा लामाले गाएका गीतलाई सधैँ न्याय गरेकी छन्। अरुणा लामा स्वरलाई सम्झिँदा अरुणा लामाको पुण्य तिथिलाई सम्झिँदा जन्म दिनको कार्यक्रम प्रस्तुत हुँदा अहिलेका युवा पुस्ताका गायिकाले उनका केही चर्चित गीत मात्र गाएका छन्। गायिका अरुणा लामाको बारेमा प्रकाश सायमीले राखेको धारणाको सम्पादित अंश)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०