शाहरुखका छोरालाई जोगाउन २५ करोड घुस माग | Khabarhub Khabarhub

शाहरुखका छोरालाई जोगाउन २५ करोड घुस माग


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् । सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो।

सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्दामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५ करोड रुपैयाँ घुस मागेका थिए । यो मामलामा समीरका एक साथीले ५० लाख रुपैयाँ लिएका थिए । सीबीआईले समीरविरुद्ध घुस मागेको आरोपमा एफआईआर दर्ता गराएको छ ।

सीबीआईले समीरसहित ४ जनाविरुद्ध मुद्दा दर्ता गर्दै मुम्बई, दिल्ली, राँची र कानपुरका २९ स्थानमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले आपत्तिजनक दस्ताबेज, वस्तुहरू र नगद बरामद गरेको छ ।

सीबीआईले यो मामलामा अनुसन्धान गरिरहेको छ । सन् २०२१ मा मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुजमा रेव पार्टीको सूचना पाएपछि एनसीबीले छापामा मारेको थियो ।

यो छापामारीमा शाहरुखका छोरा आर्यनसहित उनका साथीहरु पक्राउ परेका थिए । यसपछि आर्यनलाई जेल पठाइएको थियो । जेल पठाएको एक महिनापछि मात्र उनले जमानत पाएका थिए । यद्यपि यो मामलामा आर्यनले ‘क्लिन चिट’ पाइसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’