ठमेलका व्यवसायी र घरधनी नै जुटे सफाइमा « Khabarhub

ठमेलका व्यवसायी र घरधनी नै जुटे सफाइमा


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् ।

ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले ठमेल सफाइ गरेका हुन् ।

‘हाम्रो ठमेल सफा ठमेल’ भन्ने नाराका साथ आज बिहान ७ देखि ८ बजेसम्म बृहत् ठमेल सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । अभियानअन्तर्गत ठमेल क्षेत्रका सडक तथा सडकगल्लीमा सरसफाइ गरिएको थियो ।

सफा र पर्यटकमैत्री ठमेल बनाउने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको परिषद्का अध्यक्ष भवि शर्माले बताए । “हाम्रो ठमेल सफा ठमेल अभियालनलाई सार्थक बनाउन सक्रिय भएका छौँ”, उनले भने, “अभियानको समीक्षा गरेर भोलिका दिनमा कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ, घरधनी र व्यवसायीको सुझावका आधारमा अघि बढ्छौँ ।”

पर्यटन व्यवसायी रमेश बस्तीले व्यवसायी र घरधनीबाट सुरु भएको ठमेल सरसफाइ अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सबैको सक्रिय साथ र सहयोगको खाँचो औँल्याए । उनले भने, “अभियान सुरु भएको छ, विश्वले चिनेको ठमेललाई सफा र सुन्दर बनाउन सबैको सक्रियता आवश्यक छ ।”

ठमेलका घरधनी अर्जुनलाल प्रधानले सफा र प्रदूषणरहित ठमेल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकमैत्री वातावरण बनाउने अभियान निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : २६ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता