सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : शेखर कोइराला « Khabarhub

सामाजिक सुरक्षा कोषले मजदुरलाई पनि समेट्नु पर्छ : शेखर कोइराला


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन्।

सुनसरीको इटहरीमा आज नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उहाँहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए ।

नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ ।” भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उनको भनाइ थियो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हकअधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ३१ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको