भारतीय पत्रकारको भिसा नवीकरण गर्न चीनद्वारा अस्वीकार « Khabarhub

भारतीय पत्रकारको भिसा नवीकरण गर्न चीनद्वारा अस्वीकार


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन्।

यी पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यस वर्षको सुरुवातीका चार भारतीय पत्रकार चीनमा थिए ।

चीन र भारतले दुई एसियाली आर्थिक महाशक्तिहरूले एक अर्काका पत्रकारहरूलाई आ–आफ्नो देशबाट निष्कासन गरेपछि चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि देश छाड्न भनिएको हो।

ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार यस मामिलासँग परिचित व्यक्तिका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियाका रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएका छन् । 

ती पत्रकार भारत फर्कने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । यसले सम्बन्ध बिग्रँदै गएको विश्वलाई देखाउने छ ।

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए । हिन्दुस्तान टाइम्स पत्रिकाका रिपोर्टरले गत हप्ता चीन छाडेका थिए भने सरकारी च्यानल प्रसार भारती र द हिन्दू पत्रिकाका पत्रकारलाई अप्रिलमा चीनले भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो ।

चीनको विदेश मन्त्रालय र भारतीय विदेश मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गर्न चाहेका छैनन् ।

गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए, ‘भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन् ।’

यसअघि भारतले पनि सिन्ह्वा समाचार एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।

भारत सरकारले यस महिनाको सुरुमा चिनियाँ पत्रकारहरू बिना कुनै कठिनाइ भारतमा काम गर्न सक्छन् छन् तर चीनमा भारतीय पत्रकारहरूको लागि समान वातावरण छैन भनेको थियो।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ६ : ४६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल